बजार खुलेको पहिलो दिन नै शेयर बजारमा हरियाली,चांडै १८ सय पुग्न सक्ने अनुमान


काठमाण्डु – दशै सक्किएसंगै खुलेको शेयर बजारमा बुधवार हरियाली छाएको छ । नेपाल धितोपत्र बोर्ड (नेप्से) मा सूचीकृत कम्पनीहरुले धमाधम लाभांशको प्रस्ताव गरेसंगै शेयर बजारमा उछाल आएको हो ।  गत विहिवार १६०६.२५ मा बन्द भएको बजार आज ४१.२० अंकले बढेर १६२१ बिन्दुमा पुगेको हो ।

बजार समग्रमा २.५७ प्रतिशतले बढेको हो । बुधवार १८८ कम्पनीको २ अर्ब ७२ करोड रुपैयांभन्दा बढीको कारोबार भएको छ । व्यापारिक बाहेक बांकी सबै समूहका सूचक बढेका छन् । जीवन बिमा समूह सबैभन्दा धेरै ११०.६८ अंकले वृद्धि भएको छ । भने वाणिज्य बैंक समूह ५५.१५ अंकले माथि लागेको छ ।

प्राइम बैंकको भाउ सर्किट लागेर बढेको छ । सबैभन्दा धेरै पञ्चकन्या माई हाइड्रोपावरको मूल्य ३.४७५ ले घटेको छ । खरिदबिक्रीमा ग्लोबल आइएमई बैंकले अग्रता लिएको छ । यसको २० करोड ६५ लाख रुपैयांभन्दा बढीको कारोबार गरेको छ । दोस्रोमा प्राइम बैंक र तेस्रोमा प्रभु बैंक परेका छन् ।

माछापुच्छ्रे, बैंक अफ काठमाण्डू, सानिमा, सिटिजन्स, एनआइसी एशिया, कुमारी र ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेसंगै बुधबार वाणिज्य बैंकहरुको सूचक सबैभन्दा बढेको हो । लगानीकर्ताहरु वाणिज्य वैंक र विभिन्न कम्पनीहरुले बितरण गर्ने लाभांश बुक गर्नतिर लाग्दा शेयरबजारमा उछाल आएको हो ।

यही रफ्तारमा शेयर बजार अघि बढे चांडै १८ सय पुग्ने शेयर वजारका विश्लेषकहरुको दावी छ । यसअघि नेप्सेले १८८१ अंककोे रेकर्ड बनाएको थियो ।

बजारमा ठुला लगानीकर्ताहरु प्रवेश गरेसंगै शेयर मार्केट बढ्ने अनुमान छ । ‘साना लगानीकर्ताहरु अलि अलि फाईदा खाएर निस्कदा शेयर बजार घटेको थियो,अव ठुला लगानीकर्ताहरु शेयरमा लगानी गर्न लागेका छन् । अव शेयर मार्केट १८ सयको बिन्दुमा चांडै पुग्छ ।’ एक जना विश्लेषकले भने ।

यसअघि अर्थमन्त्री रहेका युवराज खतिवडाको बर्हिगमनसंगै शेयर बजार बढेको थियो । हालका अर्थमन्त्री विष्णु पौडेलबाट शेयर बजारले ठुलो अपेक्षा गरेको छ । उनले नीतिगत निर्णय गरेर भएपनि लगानीकर्ताको मनोवल उठाउने काम गर्ने धेरैको अनुमान छ । उनले यसअघि जिम्मेवारी सम्हालेकै दिन पुंजी बजारले हरियो संकेत देखाएको थियो ।

विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले आफ्ना शेयरधनीहरुलाई धमाधम लाभांश दिने धोषणा गर्न थालेसंगै शेयर मार्केट बढ्न थालेको हो । ग्लोबल आइएमई बैंकले आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

गत बिहीबार बसेकोे बैंक संचालक समितिको ३६४औं बैठकले आर्थिक वर्ष २०७६्०७७ को मुनाफा मार्फत उक्त लभांस वितरण गर्ने घोषणा गरेको हो । बैंकले १४ प्रतिशत बोनास शेयर र २ प्रतिशत नगद लाभांश सहित १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि बैंकका शेयरधनीले प्राप्त गर्ने छन् ।

त्यसैगले सानिमा बैंकले १० प्रतिशतका दरले हुन आउने ८८ करोड १ लाख ३८ हजार ९८ रुपैयां ४० पैसा बराबरको बोनस शेयर वितरण गर्ने र लाभांश कर प्रयोजनका लागि सहित गरी ३.६० प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी गरेको छ ।

माच्छापुछ्रे बैंकले ७.०३ प्रतिशत बोनस र ३.३७ प्रतिशत नगद गरी कुल १०.४० प्रतिशत लाभाश वितरण गर्ने घोषणा गरेको छ भने बैंक अफ काठमाण्डूले १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

त्यसैगरी एनआइसी एशिया बैंकले १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत नगद गरी कुल २० प्रतिशत, कुमारी बेंकले १० प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत र सिटजन्स बैंकले ७.७ प्रतिशत बोनस र ३.३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

२७ वटा वाणिज्य बैंकमध्ये ७ वटाले लाभांश वितरणको घोषणा गरेका छन् भने अन्य २० वटाले भने गर्न बांकी छ । लघुवित्त म्युचुअल फण्ड,क्यापिटल र अन्य कम्पनीहरु समेत गरी अहिलेसम्म ३९ वटा कम्पनीले लाभांश घोषणा गरीसकेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement