सेयर बजार : १७ अंकले घट्यो नेप्से


काठमाण्डु – शुक्रबार शेयरबजार मापक परिसूचक नेप्से १६.९३ अंकले घटेको छ । हिजो बिहीबार १६ अंकले घटेको नेप्से आज १६.९३ अंकले घटेर २०२२.६२ बिन्दुमा झरेको छ ।

बजार घटेसँगै ठूला कम्पनीको बजार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.७७ अंकले घटेर ३९१.७४ बिन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १२ वटा राताम्मे देखिएका छन् । लाइफ इन्स्योरेन्स उपसमूहमा भने ०.३६ प्रतिशतले वृद्धि भएको छ ।

समग्र बजारमा गिरावट देखिए पनि १० वटा कम्पनीका लगानिकर्ताले कमाएका छन् । यस्तै, आज १७२ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ४ वटा कम्पनीको शेयरमूल्यमा कुनै परिवर्तन देखिएको छैन ।

कारोबारमा आएका २१३ वटा कम्पनीको २७ हजार पटकको शेयर कारोबारमा १ अर्ब २९ करोड ४८ लाख ३२ हजार रुपैयाँ बराबारमा ३५ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएका छन् ।

आज सर्वाधिक कमाउनेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन र अपर हेवाखोला हाइड्रोपवारका लगानीकर्ताले रहेका छन् । यी कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढिले वृद्धि भएको छ ।

यस्तै सर्वाधिक गुमाउनेमा पञ्चकन्या माई हाइड्रोपावर र कालिका पावर कम्पनीका लगानिकर्ता रहेका छन् । कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढिले ओरालो लागेको छ ।

हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक ६ करोड ६८ लाख ६१ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement