सेयर बजारमा लगानीकर्ताको आकर्षण : अनलाइन कारोबारका लागि सात लाख बढीले लिए अनुमति


काठमाण्डु – अनलाइनमार्फत शेयर कारोबार गर्नका लागि सात लाखभन्दा बढीले अनुमति लिएका छन् । बजारमा नयाँ लगानीकर्ताको प्रवेश बढिरहेकाले अनलाइन कारोबारको लागि अनुमति लिनेको सङ्ख्या पनि बढिरहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार अहिलेसम्म सात लाखभन्दा धेरैले युजरनेम र पासवर्ड लिएका छन् । शेयरबजार बढिरहेको र नयाँ पुस्ताको आकर्षणका कारण कारोबारीहरु बढिरहेको नेप्सेले जनाएको छ ।

आइतवार मात्रै शेयर कारोबार रकम र सङ्ख्याले रेकर्ड बनाएको थियो भने आज सोमबार पनि कारोबार खुलेको केही मिनेटकै उच्च अंकले वृद्धि भएर नेप्से परिसूचक ३ हजार माथिको विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको छ ।

यसैबीच नेप्सेले दोस्रो बजारमा सहभागी हुँदा आफूले कारोबार गर्न खोजेको कम्पनीको व्यवसाय, व्यवस्थापकीय पक्ष, नाफा नोक्सानको अवस्था लगायतका विषयमा चनाखो रहन पनि सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement