काठमाण्डु– अर्थमन्त्रीले स्वर्णिम वाग्लेले सेयर बजार घट्नुको मुख्य कारण मनोवैज्ञानिक त्रास र कानुनी कारबाहीको प्रक्रिया रहेको बताएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।
हालै १ खर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीसहित विभिन्न मुद्दाहरू परेपछि लगानीकर्तामा भ्रम, त्रास परेको हुनसक्ने उनले बताए ।
उनले भने ‘अहिले १ खर्बभन्दा बढीको बिगोमा मुद्दा चलेको छ । यसको केन्द्रमा क्यापिटल मार्केट र बिमा क्षेत्र देखिएको छ । अनुसन्धान र कारबाहीको यो प्रक्रिया अघि बढ्दै जाँदा कतै ‘म पनि पर्छु कि’ भन्ने भ्रम वा त्रास केही लगानीकर्तामा परेको हुन सक्छ । यसैको प्रभाव बजारमा देखिएको हो ।‘सरकारको ध्यान बजारको दीर्घकालीन स्वास्थ्य र स्थायित्वमा छ । बजारलाई पारदर्शी र मर्यादित बनाउनु हाम्रो प्राथमिकता हो ।’




प्रतिक्रिया