साउन लाग्ने वित्तिकै सेयर बजारमा छायो हरियाली


काठमाण्डौ– चालु आर्थीक बर्षको पहिलो दिन सेयर बजार साढे २० अंकले बढेको छ । कारोबारमा सबै समुहका सुचक बढेपछि सेयर बजारमा सुधार उच्च आएको हो । कारोवारमा आएका सवै वैंक समुह,होटल र जलविद्युत क्षेत्रमा हरियाली छाएपछि नेप्से २०.५८ अंकले बढेर १६०४.१५ विन्दुमा पुगेको छ ।

सोमबारको सेयरबजारमा हिमालयन डिष्टिलरीको सेयर मूल्य सबैभन्दा धेरै दश प्रतिशतले बढेको छ भने नेशनल माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, रिलायबल वित्तीय संस्था, सिनर्जी पावर तथा किसान माइक्रो फाइनान्स लगायतका कम्पनीको सेयर मूल्यमा समेत बढोत्तरी भएको  छ ।

सोमबारको बजारमा कुवेर मर्चेन्ट फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ । एभरेष्ट बैंक संस्थापक, काबेली विकास बैंक दिव्यश्वरी हाइड्रो तथा कर्णाली डेभलपमेन्ट बैंक लगायतको सेयरमूल्यमा पनि गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement