धोका खाएकाहरू एकै ठाउमा उभिए भने राजनेताको गद्दीको हालत के होला ?

धोका खाएकाहरू एकै ठाउमा उभिए भने राजनेताको गद्दीको हालत के होला ?


काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबारे फिँजाइएको झुठको अन्त्य गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावबारे सम्बोधन गर्दै उनले केही दिनअघिसम्म देशमा केही भएको छैन र अब फेरि राम्रै छ भन्ने राजनीतिक दल र नेताबाट कांग्रेसबारे फिँजाइएको झुठको अब अन्त्य गर्नुपर्ने बताए ।

निर्वाचनका बेला जनतासँग गरेको बाचा विर्सिएर प्रधानमन्त्री प्रचण्डले आज केका लागि विश्वासको मत मागेको भन्दै उनले प्रश्न गरे । पुरानो गठबन्धन ताडेर नयाँ बनाउँदा जनतासँग गरेको बाचा प्रधानमन्त्री प्रचण्डले भुलेको उनको भनाइ छ । त्यस्तै उनले प्रधानमन्त्री प्रचण्डबाट धोखा खाएकाहरू एक ठाउँमा उभिए के हुन्छ ? भन्दै प्रश्न गरे ।

‘पोहोर एमाले विपक्षमा रहेको अहिले कांग्रेस विपक्षमा रहेको पालैपालो विपक्षमा रहेकाहरूको हिसाब जोड्दै गर्दा क्लियर हुँदैन र ? पालैपालै विपक्षमा उभिएकाहरू एउटै पक्षमा उभिए भने पनि धोका खाएकाहरू एक हौँ भन्ने नारा लाग्यो भने राजनेताको गद्दीको हालत के होला ?’, उनले भने ।