मन्त्रालय भागबण्डामा सहमति नहुँदै किन विश्वासको मत लिदैँछन् मुख्यमन्त्री शर्मा ?


काठमाण्डु- सत्ता साझेदार दलहरुबीच कर्णाली प्रदेशमा मन्त्रालय भागबण्डामा सहमति जुट्न सकेको छैन । मन्त्रालय भागबण्डामा सहमति नहुँदै कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिनका लागि प्रदेशसभामा पत्र पठाएका छन् ।

चैत २० गते विश्वासको मत लिने भन्दै उनले प्रदेशसभामा पत्र पठाएको उनका प्रेस विज्ञ प्रतिक इच्छुक शर्माले जानकारी दिए । सत्ता साझेदार माओवादी र एमालेको बीचमा ठोस सहमति नहुँदै कांग्रेसले सत्ता छाडेको महिना दिन पुग्न लागेको भन्दै विश्वासको मत लिन लागेको शर्माले बताए । कर्णालीको मुख्यमन्त्रीमा माओवादी र एमाले दुबैको दाबी कार्यमै रहेको छ ।

हालसम्म मन्त्रालय भागबण्डामा कुनै सहमति नभएको माओवादी केन्द्रका कर्णाली इन्चार्ज कालीबहादुर मल्लले बताए । माओवादीको आधार इलाका रुपमा रहेको कर्णालीमा एमाललेलाई पहिलो चरणमा मुख्यमन्त्री दिन नसक्ने उनको भनाई छ ।

कर्णालीका मुख्यमन्त्री शर्मा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दश शर्मा निकट मानिन्छन् । त्यसैले पनि जर्नादनले माओवादीको पदाधिकारीको बैठकमा समेत कर्णाली माओवादीले नै लिनुपर्ने दबाब प्रधानमन्त्री प्रचण्डलाई दिएका थिए । प्रधानमन्त्री प्रचण्डले कर्णालीको मुख्यमन्त्री कसले पाउने भन्नेबारे सत्ता गठबन्धनबीच छलफल भइरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement