कोरोना संक्रमित कांग्रेस महामन्त्रीको स्वास्थ्यमा समस्या, ओम अस्पताल भर्ना


काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना भाइरसको संक्रमणका कारण घरमा आइसोलेसनमा बसिरहेका कोइरालाको स्वास्थ्य अवस्था बिग्रएपछि ओम अस्पताल भर्ना भएका हुन् ।

कोइरालालाई ज्वरोको मात्रा बढेकाले मंगलबार राती अस्पताल भर्ना गरिएको हो । अस्पतालमा भर्ना भएपछि उनको अवस्था सामान्य रहेको बताइएको छ ।

कोइरालाको उपचारमा ओमका मेडिकल डाइरेक्टर सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वको चिकित्सक टोली संलग्न छ।

प्रतिक्रिया दिनुहोस
Advertisement