शौर्य सिमेन्टको उपभोक्तालाई मालामाल अफर


काठमाण्डु – शौर्य सिमेन्टले देशव्यापी रूपमा ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल अफर’ ल्याएको छ।

कात्तिक १५ देखि ३० पुससम्म लागू हुने यस योजनाअन्तर्गत उपभोक्ताहरुले हरेक ५० बोराको खरिदमा १ प्रति कुपन प्राप्त गरी हातखाली नजाने रु ५०० देखि रु १०,००० सम्मको कुपन स्क्रयाच गरी नगद प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी, ५० बोराभन्दा बढीको खरिदमा, एक भन्दा बढी कुपन प्राप्त गर्दा , शून्य अङ्क उल्लेखित कुपन परेको खण्डमा आफ्नो अर्को कुपनमा भएको रकम पछाडि शून्य थप गरी रु १ लाख सम्म नगद प्राप्त गर्न सक्ने कम्पनीले ल्याएको अफरमा छ।

यद्यपि, सयौं संख्यामा (०) को कुपन भए पनि प्रत्येक कुपनमा एकपटक मात्र शून्य (०) लाई पछाडि लगेर जोड्न मिल्नेछ। साथै उक्त रकममा शून्य (०) थप गरिएको अवस्थामा कम्पनीको आधिकारिक व्यक्तिबाट निर्माण स्थलमै रकम प्रदान गरिने बताइएको छ।

शौर्य सिमेन्ट इण्डष्ट्रिजको सिराहा जिल्लाको मिर्चैयामा अवस्थित छ र ४३ ग्रेड ओ.पि.सी, ५३ ग्रेड ओ.पि.सी ,पि.एस्.सी र ५३ ग्रेड पि.पि.सी सिमेन्ट उत्पादन गर्दै आएको छ। अन्तर्राष्ट्रिय स्तरको प्रोडक्सन प्लान्ट भएको शौर्य सिमेन्टले गुणस्तरमा एकरुपता कायम गरी द बेस्ट सिमेन्ट उत्पादन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement