शेख हसिनासहित उनका शाखा-सन्तानको सम्पत्ति जफत गर्न अदालतको आदेश

शेख हसिनासहित उनका शाखा-सन्तानको सम्पत्ति जफत गर्न अदालतको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनासहित उनका सन्तानकै सम्पत्ति जफत गर्न अदालतले आदेश दिएको छ।

ढाकाको अदालतले हसिना र उनका छोरा, छोरी बहिनीसम्मको सम्पत्ति जफत गर्न र १२४ बैंक खाता रोक्का गर्न आदेश दिएको हो।

एसीसी अर्थात् भ्रष्टाचार विरोधी आयोगले दायर गरेको निवेदनपछि ढाका महानगरका वरिष्ठ विशेष न्यायाधीश जाकिर हुसेन गालिबले हसिना र उनका आफन्तलाई कारबाही गर्न आदेश दिएको हो।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार हसिनाका साथै उनका साजिब वाजेद जोय, छोरी साइमा वाजेद पुतुल, बहिनी शेख रेहाना र छोरीहरू टुलिप सिद्दिकी र रदवान मुजिब सिद्दिकीको सम्पत्ति जफत गर्न आदेश दिएको छ।

बंगलादेशका विद्यार्थीहरूको विशाल आन्दोलनले गत वर्ष अगस्ट ५ मा हसिना १५ वर्षदेखिको सत्ता त्याग्दै देशै छाडेर भाग्न बाध्य भएकी थिइन्। हसिना हाल भारतको शरणमा छिन्।