जातीय आधारमा प्रदेशको नामकरण गर्छाै भन्नु गलत विचार हो : शेखर कोइराला


विराटनगर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले जातीय पहिचानका आधारमा प्रदेशको नामकरण गर्छाै भन्नु गलत भएको बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङको शनिवार विराटनगरमा आयोजना गरेको पदस्थापन कार्यक्रममा बोल्दै उनले मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएकाले संविधानमा लेखिएका कुरालाई पालना गर्नुपर्ने बताए ।

धार्मिक सद्भाव नेपालीको पहिचान भएको उनले बताए । नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक मुलुक भएकाले सामाजिक एवं धार्मिक सद्भाव कायम राख्न उनले सबैलाई आग्रह गरे ।

कोशी प्रदेशमा संविधानको पालना गरी सरकार निर्माण गर्न उनले सुझाव दिए । जनताले बुझ्ने गरी ललिता निवास, भुटानी शरणार्थी, सुन तस्करी काण्ड लगायतको छिनोफानो गरेमा मात्र मुलुकमा विश्वासको वातावरण सिर्जना भई सुशासन कायम हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement