प्रधानमन्त्री नै सर्वेसर्वा हुने भएकाले कांग्रेसका मन्त्रीले काम गर्न सकेनन् : डा. कोइराला


पोखरा – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदीय व्यवस्थामा प्रधानमन्त्री नै सर्वेसर्वा हुने भएकाले कांग्रेसका मन्त्रीहरूले जनताका पक्षमा काम गर्न नसकेको बताएका छन् ।

नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ को सम्मेलनलाई सम्बोधन गर्दै डा. कोइरालाले कांग्रेसकै मन्त्रीहरूको कामप्रति गुनासो गरे ।

कोशी प्रदेशमा कांग्रेसका नेताहरूले नै माओवादीसामु गएर तिम्रै पार्टीको मान्छेलाई मुख्यमन्त्री बनाउ भनेकाले नयाँ राजनीतिक अवस्था सिर्जना भएको उनले बताए ।

उनले भने, ‘कांग्रेसकै नेताले मुख्यमन्त्री माओवादीलाई दिने कुरा कसरी मान्न सकिन्छ ? कोशीमा नयाँ एक्सपेरिमेन्ट हो । हेरौं कसरी अगाडि बढ्छ ?’

कांग्रेसले सिद्धान्त त्यागेर व्यवहारवादी राजनीतिमा लागेकाले पार्टी कमजोर बनेको उनले बताए । कोइरालाले केन्द्रमा अहिलेकै गठबन्धन जारी रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement