दलका नेता, व्यापारी र कर्मचारीहरू मिलेर ठूला–ठूला भ्रष्टाचार गरे : डा. कोइराला


पाँचथर – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा दलका नेता, व्यापारी र कर्मचारीहरू मिलेर ठूला–ठूला भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

पाँचथरको फिदिममा नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारको काण्डमा नेताहरूको नाम मुछिएपछि ढाकछोप गरिएको बताए ।

‘सुन काण्डमा ठूला नेता मुछिएपछि सामसुम भयो । एनसेल खरिद बिक्री काण्डमा पनि त्यस्तै भएको छ,’ उनले भने ।

अहिलेको सरकारले देशलाई निकास दिन नसक्ने उनले बताए । ‘देशलाई बचाउन सरकार परिवर्तन अपरिहार्य भइसक्यो,’ उनले भने ‘संसदीय व्यवस्थामा गणितको खेल हुन्छ । राम्रो सरकार निर्माणका लागि हामी पहल गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement