कुनै दललाई टीआरसीमा र कुनैलाई काण्डबाट बच्न एमालेको साथ चाहिएको छः शेखर कोइराला


काठमाण्डु- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा गठबन्धन नै धरापमा पर्‍यो भनेर रोइलो गर्नेहरू अहिले एमालेसँग मिल्न थालेको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभाको निर्वाचन अन्तर्गत भागबन्डामानेकपा एमालेलाई पनि समेट्नुपर्ने प्रस्ताव गठबन्धनमा गरेपछि नेता कोइराला आक्रोशित बनेका हुन् ।

त्यस्तै उनले गठबन्धनमा रहेका दलहरूलाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको आरोप लगाउँदै उनले एमालेलाई के चाहियो ? भनेर प्रश्न गरेका छन् ।

‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्‍यो भनेर रोइलो गर्नेहरू नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन् । कारण स्पष्ट छ । सत्ता गठबन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ ।’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement