निजामती विधेयक हेरफेरपछि कोइरालाको प्रश्न: हामी कति गन्धा खेल खेलिरहेका छौ ?

निजामती विधेयक हेरफेरपछि कोइरालाको प्रश्न: हामी कति गन्धा खेल खेलिरहेका छौ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसद्को सर्वसहमति भएर समितिबाट पास भएको निजामती कर्मचारी सम्बन्धी विधेयक संसद्मा आइसकेपछि हेरफेर हुनु अपराध भएको बताएका छन् ।

मंगलबार वरिष्ठ लेखक तथा सुप्रसिद्ध साहित्यकार मधुसुदन पाण्डेयद्वारा लिखित, अनुदित, सम्पादित तथा सहलिखित ‘शताधिक पुस्तक लोकापर्ण समारोह २०८२’ कार्यक्रममा बोल्दै उनले समितिबाट संसद्मा आएका विधेयक हेरफेर हुनु गलत भएको र कसैलाई क्षम्य नहुने बताए ।

उनले भने, ‘हामी कति गन्धा खेल खेलिरहेका छौ भन्ने कुरा अहिलेको घटनाले पुष्टि गरेको छ । संसद्को समितिबाट सर्वसहमतमा पास हुन्छ अनि संसद्मा आइसकेपछि हेरफेर हुन्छ, त्यो त सरासर आपराधिक काम हो । को दोषी हो ? म भन्न सक्दिनँ । मलाई थाहा हुँदैन तर जो पनि दोषी हुन्छ उनीहरूलाई क्षम्य गर्न हँुदैन । यस्तो गर्न थाल्यो भने देश कता जान्छ ?’

उनले अहिले कसैले पनि राजनीति नगरेको भन्दै राजनीति गर्नेहरू निष्ठावान हुनुपर्ने बताए ।