काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश र कांग्रेस पार्टीको पछिल्लो अवस्थाबारे बुद्धिजीवीहरूसँग छलफल गरेका छन् ।
कोइरालाले सम्पर्क कार्यालय विशालनगरमा गरेको छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा. दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा. बिनिता कार्की, जगदिश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, बिष्णु बुढाथोकी, डा. उद्धव प्याकुरेल, जेन्जी युवाहरू अभिजित अधिकारी र करिना पुरी लगायत सहभागी थिए ।
आईतबार दिउँसो १ बजेदेखि ४ बजेसम्म भएको छलफलमा डा. शशांक कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउँद, डा. मिनेन्द्र रिजाल र डा. गोविन्दराज पोख्रेल पनि सहभागी थिए ।





प्रतिक्रिया