उद्योगी गोल्छालाई धरौटीमा छाड्न अदालतको आदेश

उद्योगी गोल्छालाई धरौटीमा छाड्न अदालतको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जिल्ला अदालत काठमाण्डुले उद्योगी शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाण्डुले मंगलबार बीमा र धितोपत्र सम्बन्धी कसूरमा थुनछेक बहसपछि गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले बीमा सम्बन्धी कसुरमा गोल्छालाई ७५ लाख धरौटी माग्ने आदेश गरेको छ । धितोपत्रको कसुरमा गोल्छालाई २५ लाख धरौटी माग्ने आदेश भएको छ ।

अदालतको आदेशपछि गोल्छा बैंक ग्यारेन्टी राखेर छुटेका छन् । यस प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा गत जेठ २८ गते जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेकोमा अदालतले धरौटी मागेर रिहा गरेको छ ।