शेखर-गगन समूहको बैठक आज बस्दै,के-के छन् एजेण्डा?


काठमाण्डु – नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज बस्दैछ । मंगलबारका लागि डाकेको बैठक आज दिउँसो १ बजे बस्ने भएको हो ।

शेखर कोइरालाले आफूसँग परामर्श नगरी मंगलबार बैठक बोलाएको भन्दै महामन्त्री गगन थापा सहभागी नहुने परिस्थिति बनेपछि बैठक आजलाई सारिएको थियो।

बैठकमा आगामी २९ गते बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी पुस १६-१९का लागि तय भएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।

१४ औँ महाधिवेशनमा एउटै खेमा बनाएर चुनावमा उत्रिएका गगन र शेखरबीच पछिल्लो केही समयदेखि संवादविहीनताको अवस्था आएपछि कांग्रेसको संस्थापन इतरसमूह कमजोर हुँदै आएको थियो ।

शेखर कोइरालाले पछिल्लो केही समयदेखि गगनलाई बेवास्ता गर्दै आफैँ छलफल चलाउन थालेका थिए । उनको यो व्यवहारका कारण कतै संस्थापन पक्षबाट विशेष लाभ प्राप्त भइरहेको वा हुने आश्वासन पाएको आँकलन पनि गरिएको थियो ।

गगन–शेखरबीच दूरी बढ्दा संस्थापन इतर पक्षमा रहेका नेताहरुलाई संगठित हुन समस्या परिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement