काली नदी वारी नेपालकै हो, तत्काल भारतीय सेना फिर्ता पठाउनुपर्छः शेरबहादुर देउवा


काठमाडौं – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काली नदी वारीको भूभाग नेपालकै भएको बताएका छन् । उनले नेपाली भूमिको विषयमा कुनै विवाद नै नरहेको दाबी गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा कांग्रेस सभापति देउवाले सरकारले नेपाली भूमिबाट भारतीय सेना फिर्ता पठाउन पहल गर्नुपर्ने सुझाव दिएका थिए ।

‘काली नदी वारीको भूभाग नेपालकै हो । तथ्य र प्रमाणहरु संकलन गरेर अतिक्रमित भूमि फिर्ता गराउनुपर्छ । त्यहाँ पहिलेदेखि बस्दै आएको भारतीय सेना तत्काल फिर्ता पठाउन पनि सरकारले पहल गर्नुपर्छ’, उनले भने, ‘लिपुलेकका विषयमा चीन र भारत दुबैलाई राखेर संवादमार्फत समस्या समाधान गर्नुपर्छ ।’

त्यस्तै देउवाले विदेशमा अलपत्र परेका नेपालीहरुलाई तत्कालउद्धार गर्न सरकारसँग आग्रह गरेका छन् ।

उनले नेपालीहरुलाई फिर्ता गरेर स्वदेशमै काममा लगाउने उपयुक्त अवसर भएकोसमेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement