काठमाण्डु– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसले के गर्यो भन्ने बुझ्न २००७ साल अघिको अवस्था हेर्नु पर्ने बताएका छन् ।
शुक्रबार काठमाण्डुमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले सबै परिवर्तनगामी आन्दोलन कांग्रेसकै नेतृत्वमा भएको बताएका हुन् ।
देउवाले कांग्रेसले विगतमा केही गरेन भन्ने भाष्य गलत भएको भन्दै उनले भने ‘नेपाली कांग्रेसले के गर्यो भन्ने बुझ्न २००७ साल अघिको अवस्था हेर्नुपर्छ, ‘२००७, २०३६, २०४६ र २०६२/०६३ का सबै परिवर्तनगामी आन्दोलन कांग्रेसकै नेतृत्वमा भएका हुन्। इतिहासबाट पाठ सिकेर मात्र सही मार्ग पहिल्याउन सकिन्छ।’
मुलुक राजनीतिक, आर्थिक र सामाजिक रूपमा सङ्कटग्रस्त परिस्थितिबाट गुज्रिएको भन्दै उनले भने, ‘मुलुकको अवस्था अहिले निकै संवेदनशील छ। जनतामा निराशा छाएको छ, यसलाई हामीले आशामा बदल्नुपर्नेछ।’
देउवाले विशेष महाधिवेशनले पार्टीलाई क्षति पुर्याएको दाबी गर्दै सर्वोच्चले न्याय दिने बताए । ‘विशेष महाधिवेशनका नाममा विधि विधान मिच्ने काम भएको छ, जसले पार्टीलाई कमजोर बनाएको छ,’ उनले भने, ‘यस विषयमा सर्वोच्च अदालतबाट न्याय मिल्नेछ भन्नेमा म विश्वस्त छु।’
पूर्णपाठ




प्रतिक्रिया