काठमाण्डु – सरकारले काँग्रेस पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट (भिआईपी) कक्ष प्रयोग गर्न नदिने भएको छ ।
देउवा अरु सर्वसाधारण जसरी नै विमानस्थलबाट बाहिरिने छन् । पूर्वप्रधानन्त्री, पूर्वमन्त्री, संवैधानिक निकायका पूर्वपदाधिकारीले आन्तरिक र अन्तर्राष्ट्रिय उडानका क्रममा भीआईपी कक्ष प्रयोग गर्ने गरेका छन् ।
जनेजी आन्दोलनकारीको सांघातिक आक्रमणमा घाइते भएका देउवा गत १३ फागु उपचारका लागि सिंगापुर गएका थिए । थप उपचार र पारिवारिक भेटघाटका लागि भन्दै देउवा ७ चैतमा हङकङ पुगेका थिए ।
दुई महिनाअघि नै नेपाल आउने तयारीमा रहेका उनी सरकारले इन्टरपोलमार्फत ‘रेड कर्नर नोटिस’ जारी गर्ने प्रयास गरेपछि रोकिएका थिए ।
विकसित पछिल्लो राजनीतिक घटनाक्रममा देउवा सत्तारुढ रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० सँगको परामर्शमै नेपाल आउन लागेको दाबी गरिएको छ । पत्नी आरजु राणालाई भने देउवाले हङकङमै छाडेका छन् । श्रोतका अनुसार सरकार सम्वद्ध व्यक्तिहरुले आरजुलाई नल्याउन भनेका थिए ।




प्रतिक्रिया