सरकारसँग जनताको पीडा बुझ्न सक्ने हृदय छैन्ः सभापति देउवा


काठमाडौं – प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले सरकार हृदय नभएको आरोप लगाएका छन् । उनले कोरोना भाइरसले गर्न सक्ने क्षतिबारे सरकारलाई ज्ञान नभएकाले जनताका पीडा बुझ्न नसकेको आरोप लगाएका हुन् ।

आइतबार सरकारको नीति तथा कार्यक्रमबारे भएको छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्री देउवाले महामारी नियन्त्रणको पूर्व तयारी गर्न सरकार चुकेको बताएका छन् ।

‘यो सरकारलाई कोरोनाले गर्न सक्ने र गरेको क्षतिबारे ज्ञान नै छैन’, उनले भने, ‘सरकारलाई जनताको संम्वेदनाबारे कुनै दुःख छैन् । सरकारसँग जनताको पीडा बुझ्न सक्ने हृदय छैन् । सरकारसँग भविष्यमा यो अफ्ठ्योरोबारे कुने योजना छैन् ।

उनले भारतको सीमावर्ती क्षेत्रमा धेरै अलपत्र रहेको र उनीहरुलाई सुरक्षित तरिकाले घर फर्किने वातावरण बनाउन माग गरेका छन् ।

त्यस्तै उनले जनतासामु पिसिआर परीक्षणको दायरा बढाउन सरकारसँग माग गरेका छन् । उनले त्यस्तै उनले विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन पनि माग गरेका छन् ।

नेपालमा कोरोना संक्रमण देखिएको ४ महिना र लकडाउन गरेको ५५ दिन भइसक्दा पनि जम्मा २६ हजारको मात्र पीसीआर परीक्षण हुनु दुखद रहेको देउवाले बताए ।

‘म सरकारलाई सोध्न चाहन्छु लकडाउनको यो अवधिमा के तयारी गर्‍यो ?’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement