प्रधानमन्त्रीलाई देउवाको फोनः यातायात व्यावसायीका कुरा सुन्नूस् !


काठमाण्डु – प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग टेलिफोन सम्वाद गरेका छन् । बुधबार सभापति देउवाले प्रधानमन्त्री ओलीलाई यातायात व्यावसायीका माग सम्बोधन गर्न आग्रह गरेका हुन् ।

विभिन्न माग लिएर सभापति देउवालाई ज्ञापनपत्र बुझाउन बुधबार बुढानिलकण्ठ पुगेका यातायात व्यवसायीका कुरा सुनेपछि देउवाले प्रधानमन्त्रीलाई फोन गरेर यातायात व्यवसायीका समस्या सुन्न आग्रह गरेका छन् ।

सभापति देउवाले प्रधानमन्त्रीलाई फोन गरेर यातायात व्यवसायीका समस्या सुन्न छलफल कार्यक्रम राख्न पनि आग्रह गरेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले बिहीबार बिहान यातायात व्यवसायीसँग कुराकानी गर्ने बताएको देउवाका एक सहयोगीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement