देउवालाई चिनियाँ टोलीले भन्योः कांग्रेस चीनको असल मित्र


काठमाण्डु – चिनियाँ प्रतिनिधि मण्डलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ ।

मंगलबार देउवा निवास बुढानिलकण्ठमा भएको भेटवार्तामा पछिल्ले समय विकशित राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । भेटवार्ताका क्रममा चिनियाँ पक्षले सभापति देउवालाई चीन भ्रमणको निम्तो दिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको टोलीले देउवालाई आफ्नो पार्टीको १०० वर्ष पुग्न लागेको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन निम्ता दिएको हो ।

सभापति देउवाले चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा शुभकामना दिएका थिए । सभापति देउवाले भेटमा दुई देशबीचको सम्वन्ध अझ प्रागाढ बनाउने र नेपाली कांग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्वन्ध थप सुदृढ गर्ने लगायतका द्धिपक्षिय हितका विषयमा कुराकानी भएको जानकारी दिए ।

उपमन्त्रध गुओले कांग्रेस चीनको असल मित्र भएको बताएका थिए । उनले चीन नेपालका सबै राजनीतिक दलसँग असल सम्बन्ध कायम गर्न चाहेको बताएका थिए ।

यसअघि चिनियाँ टोलीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारीसँग र सोमबार नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईसँग भेटवार्ता गरेको थियो ।

हिजाको भेटवार्तामा चिनियाँ प्रतिनिधिमण्डलले नेकपाको विभाजनबारे सबै शीर्ष नेतृत्वसँग् चासो राखेको थियो । प्रधानमन्त्री अ‍ोली, प्रचण्ड, नेपाल र खनालसँगको भेटमा उपमन्त्री गुओ नेतृत्वको टोलीले नेकपा विभाजन नहुने उपायबारे चासो रोखेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement