काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण रिएको छ ।
काठमाण्डुबाट पर्वतका लागि हिँडेको सभापति देउवा सवार हेलिकप्टर पालुङटार नगरपालिकाको हर्नी र आँपपिपल क्षेत्रमा आकस्मिक अवतरण गरिएको हो ।
उक्त हेलिकप्टरमा देउवासंगै कांग्रेस नेताहरु गोपालमान श्रेष्ठ र अर्जुन जोशी सहभागि थिए । गोरखा प्रहरीले खराब मौसमका कारण हेलिकप्टरलाई आकस्मिक अवतरण गरिएको जनाएको छ ।




प्रतिक्रिया