देउवालाई चिनियाँ राजदूतले भेटेर दिइन् बधाई


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र राजदूत यान्छीबीच भेटवार्ता भएको हो । राजदूत यान्छीले नवनियुक्त प्रधानमन्त्री देउवालाई भेटेर बधाई दिएकी हुन् ।

उनीहरुबीच दुई देशको आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement