कांग्रेसले विधानमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गरेको छः सभापति देउवा

कांग्रेसले विधानमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गरेको छः सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी र राज्याका हरेक तहमा महिलाको उचित प्रतिनिधत्व हुनुपर्ने बताएका छन् ।

१११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले पार्टी तथा राज्यका हरेक तहमा महिलाको उचित प्रतिनिधित्व र सहभागिता रहनुपर्ने विश्वास पार्टीले लिएको बताए ।

‘पार्टी तथा राज्यका हरेक तहमा महिलाको उचित प्रतिनिधित्व र सहभागिता रहनु पर्दछ भन्ने कुरामा नेपाली कांग्रेस विश्वास राख्दछ र पार्टीको आफ्नो विधानमा वडादेखि केन्द्रसम्मका सबै तहमा ३३ प्रतिशत महिलाहरुको प्रतिनिधित्वको नेपाली कांग्रेसले सुनिश्चितता गरेको छ’, उनले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले नेपालमा लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका हरेक आन्दोलनहरुमा अग्रणी स्थानमा उभिएर प्राणको आहुती दिने महिलाहरुप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

उनले आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण र सम्वद्र्धनका लागि पनि महिला दिदी बहिनीहरुको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहने विश्वास व्यक्त गरेका छन् ।

‘अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन सकेको छैन । शहरदेखि दुर दराजका गाउँहरुमा आज पनि महिलाहरु शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन् । महिला माथि हुने विभेद र हिंसाका विरुद्ध नारी जागरण आजको आवश्यकता हो’, उनले भनेका छन्, ‘हिंसा— लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा हो । हिंसा— मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक हो । हिंसा— सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो । नेपाली कांग्रेस सबै खाले हिंसाको अन्त्य चाहन्छ । महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पु¥याउनेछ भन्ने मैले विश्वास लिएको छु ।’