महाराजगञ्जमा बस्नेछन् देउवा

महाराजगञ्जमा बस्नेछन् देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डू– करिब ५ महिना लामो विदेश बसाइपछि बिहीबार स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा महाराजगगञ्ज बस्ने भएका छन् ।

उनको बुढानीलकण्ठस्थित निवासमा जेनजी आन्दोलनका क्रममा आगजनी भएको थियो । १३ चैतमा उपचारका लागि सिंगापुर उड्नुअघि देउवा महाराजगञ्जमा थिए । अहिले फेरि सोही घरमा बस्ने उनीनिकट एक नेताले जानकारी दिए । भजिता एवं देउवाका स्वकीय सचिव भानु देउवाले उक्त घर रेखदेख गर्दै आएका थिए । छोरा जवयवीरको विवाहअघि बुढानीलकण्ठको घर पुनःनिर्माणका क्रमममा पनि देउवा केही महिना महाराजगञ्कै घरमा बसेका थिए ।

‘शेरबहादुर दाईले महाराजगञ्जमै बस्छु भन्नुभएको छ’, ती नेताले काठमाण्डु पाटीसँग भने । देउवा बस्ने घर राप्रपा नेता पशुपति शम्शेर जबराको घर पछाडि छ ।

जेनजी आन्दोलनकारीको सांघातिक आक्रमणमा घाइते भएका देउवा स्वास्थ्य उपचारका लागि ३ फागुनमा सिंहगापुर उडेका थिए । त्यसको करिब तीन सातापछि ७ चैतमा उनी थप उपचार र पारिवारिक कार्यक्रमका लागि सिंगापुरबाट हङकङ पुगेका थिए ।