जलवायु परिवर्तनको क्षेत्रमा नेपालले नेतृत्व लिएर विश्वभर आवाज उठाउनुपर्छ : सभापति देउवा

जलवायु परिवर्तनको क्षेत्रमा नेपालले नेतृत्व लिएर विश्वभर आवाज उठाउनुपर्छ : सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनको क्षेत्रमा नेपालले नेतृत्व लिएर विश्वभर आवाज उठाउनुपर्ने बताएका छन् ।

सोमबार काठमाण्डुमा आयोजित कार्यक्रममा उनले भविष्यमा नेपालमा जलवायु परिवर्तनको धेरै ठूलो असर पर्ने भन्दै नेपाल अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘दुर्भाग्यपूर्ण कुरा के छ भने जलवायु परिवर्तनले गर्दा समुन्द्रको तह बढेको छ । हिउ पग्लिँदै छ, हिमाल नाङ्गो भएको छ । भोलिका दिनमा यसले धेरै असर पार्न सक्छ । त्यसकारण भविष्यमा नेपाल जलवायु परिवर्तनको प्रमुख पीडित बन्न सक्छ । हामीले हिमाल बचाउन सकेका छैनौं । अहिले हामीले मात्र चाहेर हुँदैन । जलवायु परिवर्तनको क्षेत्रमा नेपाल अगाडि बढ्नुपर्छ र नेतृत्व लिएर विश्वभर आवाज उठाउनुपर्छ ।’

नेपाललाई विकासको बाटोमा आगडि बढाउन, आर्थिक अवस्था सुधार गर्न र महत्वपूर्ण परिवर्तन ल्याउने बाटोमा अगाडि बढ्नुपर्ने उनले बताए ।