छोटो सम्बोधन गर्दै सभापति देउवाले भने– बुद्ध जन्मस्थल लुम्बिनीबाटै पार्टी बलियो बनाउनुपर्छ


बुटवल – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुद्धको जन्मस्थल लुम्बिनीबाटै पार्टीलाई बलियो बनाउँदै लैजानुपर्ने बताएका छन् ।

पार्टीको प्रथम लुम्बिनी प्रदेश सम्मेलनमा छोटो सम्बोधन गर्दै सभापति देउवाले राष्ट्रिय एकताका साथ एकताबद्ध भएर पार्टीलाई बलियो बनाउनुपर्ने बताए ।

पार्टी केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीप्रति लक्षित गर्दै उनले भने, ‘मिठा कुरा गरेजस्तो काम गर्न सजिलो छैन ।’ देउवाले आफू कम बोल्ने र काम धेरै गर्ने मान्छे भएको प्रतिक्रिया दिए । यसअघि बोल्दै भण्डारीले नेतृत्वमा बस्नेहरूकै कारण देश बर्बादीतिर गएको आरोप लगाएका थिए ।

महामन्त्री गगनकुमार थापाले हालका प्रधानमन्त्री तथा पूर्व प्रधानमन्त्रीहरूले आइन्दा प्रधानमन्त्री हुदिनँ भनेर घोषणा गर्न आवश्यक रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement