काठमाण्डु- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आफ्नो समूहले आगामी मंसिर तेस्रो साता गर्न लागेको १५औँ महाधिवेशनका लागि गृहजिल्ला डडेल्धुराबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि बनेका छन्।
गृहपालिका गन्यापधुरा गाउँपालिका–१ मा भएको आफ्नो समूहको वडा अधिवेशनबाट देउवा सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएका वडा सभापति पदम महताले बताए ।
उता गन्यापधुरा-१ को वडा अधिवेशनबाट देउवाका स्वकीय सचिव भानु देउवासमेत कांग्रेसको इतर समूहमा क्षेत्रीय प्रतिनिधि बनेका छन्।
गगन थापा नेतृत्वको नेपाली कांग्रेसले यही असोज १८ गतेदेखि पन्ध्रौँ महाधिवेशन गर्दैछ। उता देउवा समूहले १५औँ महाधिवेशन आगामी मंसिरमा गर्दैछ । देउवा समूहले चौधौँ महाधिवेशनका केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने गरी नयाँ नेतृत्व चयन अघि बढाएको छ।
विधानमा देउवा स्वत: प्रतिनिधि हुन्छन् । तर उनी पन्ध्रौँ महाधिवेशनमा तलैबाट प्रतिनिधि बन्ने गरी चुनावी प्रतिस्पर्धामा जुटेका हुन् । गन्यापधुरा-१ बाट क्षेत्रीय प्रतिनिधि जितेपछि अब उनले महाधिवेशन प्रतिनिधिमा जित निकाल्नुपर्ने हुन्छ।




प्रतिक्रिया