प्रधानमन्त्री देउवाद्वारा राणाप्रति श्रद्धाञ्जलि


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव एवम् पूर्वराजदूत रुक्मशम्शेर राणाको निधनप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बत्तीसपुतलीस्थित स्व राणाको निवास पुगेर उनको पार्थिव शरीरमा माल्यार्पण गरि पार्टीको चारतारे झण्डा ओडाएर श्रद्धासुमन व्यक्त गरेका हुन् । राणाको गए राति ८५ वर्षको उमेरमा निधन भएको हो । उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ ।

राणालाई श्रद्धाञ्जलि दिन काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, उदयशमशेर राणालगायत उनको निवासमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement