एमाले नेता शेरधन राई भोजपुरबाट उम्मेदवार, मुख्यमन्त्रीको दाबेदारी


भोजपुर– एमाले पोलिटव्यूरो सदस्य तथा पूर्वसञ्चारमन्त्री शेरधन राई प्रदेशसभाका लागि उम्मेदवार बन्ने भएका छन्।

 

 

एमाले भोजपुर क्षेत्र नम्बर २ प्रदेश सभा समन्वय कमिटीको बैठकले राईलाई भोजपुर २ बाट सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको हो।

 

राई प्रदेश नम्बर १ को भावी मुख्यमन्त्रीका दाबेदार मानिएका छन्।

 

 

अहिलेसम्म प्रदेश सभाको उम्मेदवारमा सिफारिस भएका राई एमालेभित्रका सबैभन्दा उच्च तहका नेता हुन्।

 

 

राई यसअघि २ पटक भोजपुर २ बाट सांसद निर्वाचित भइसकेका थिए। उनी २०५६ सालमा २५ वर्षको उमेरमा चुनाव जितेर कान्छो सांसद बनेका थिए। राई अहिले एमालेको १ नम्बर प्रदेश सहसंयोजक छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement