एक नम्बर प्रदेशलाई सुशासन र सम्पन्न बनाउँछुः मुख्यमन्त्री राई


काठमाडौं- प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सुनसरी सबै हिसाबले प्रदेशकै सुन्दर र सम्पन्न जिल्लाको भएको बताएका छन् ।
सुनसरी सदरमुकाम इनरुवामा आज अयोजित साक्षर जिल्ला घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । उनले सबै क्षेत्रको केन्द्रका रूपमा रहेको सुनसरीलाई विकासको गतिमा लैजानका लागि घोषणाले एउटा इँट्टा थपेको बताए ।

मुख्यमन्त्री राईले विकास र समृद्धिका लागि नागरिकले संविधानअनुसार विकास गर्न पाउने जिम्मेवारी नागरिककै काँधमा आएकाले यो प्रदेशलाई सुशासन र सम्पन्नताको प्रदेश बनाउने प्रतिबद्धता जनाए ।

मुख्यमन्त्री राईले स्पष्ट योजना र धारणाका साथ अगाडि बढेमात्र नागरिकले संविधानको मर्म र भावनाको अनुभूति गर्न पाउने भएकाले सूचकमा मात्र नभई व्यावहारिक बनाउने बताए । उनले साक्षर जिल्ला घोषणा गरेर मात्र नभई त्यसको व्यावहारिक कार्यान्वयनका लागि साक्षरतालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री राईले विकासका पूर्वाधारहरू शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, खानेपानी, विद्युतलगायतका आवश्यक भएकाले यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

रासस

प्रतिक्रिया दिनुहोस
Advertisement