काठमाण्डु– भारतीय क्रिकेटर शिखर धवनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
धवनले शनिबार सामाजिक संजालमार्फत क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
अन्तिम पटक गत अप्रिलमा आइपिएलमा पञ्जाब किंग्सको नेतृत्व गरेका उनले १४ बर्षकाे करीयरलाई यहि अन्तय गर्ने निर्णय लिएका हुन् ।
उनले भारतबाट ३४ टेष्ट, १६७ एकदिवसीय र ६८ टी-२०आई खेल खेलेका थिए ।
शिखर धवनले भने, ‘आज म यस्तो बिन्दुमा उभिएको छु जहाँबाट फर्केर हेर्दा सम्झना मात्रै देख्छु र अगाडि हेर्दा सारा संसार देख्न सक्छु । मसँग सधैं भारतका लागि खेल्ने एउटै गन्तव्य थियो र त्यो पनि भयो जसको लागि म धेरै मानिसहरूलाई धन्यवाद दिन्छु ।’
शिखर धवनले आफ्नो परिवार, बाल्यकालका प्रशिक्षक, भारतीय टोली, बीसीसीआई, डीडीसीए र फ्यानहरूलाई धन्यवाद दिएका छन् । उनले आफ्नो क्रिकेट यात्रालाई अलविदा गर्दै भारतबाट खेलेकोमा आफ्नो मनमा शान्ति रहेको उल्लेख गरेका छन् ।
As I close this chapter of my cricketing journey, I carry with me countless memories and gratitude. Thank you for the love and support! Jai Hind! 🇮🇳 pic.twitter.com/QKxRH55Lgx
— Shikhar Dhawan (@SDhawan25) August 24, 2024
प्रतिक्रिया