सरकार र आन्दोलनरत शिक्षकबीच भोलि बिहान निर्णायक वार्ता हुने

सरकार र आन्दोलनरत शिक्षकबीच भोलि बिहान निर्णायक वार्ता हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकार र आन्दोलनरत शिक्षकबीच शनिबार बिहान वार्ता हुने भएको छ ।

वार्ता बिहान ७ः३० बजे हुने भएको हो ।

शिक्षकहरूसँग भोलि बिहान वार्ता गर्न लागिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव युवराज पौडेलले जानकारी दिए ।

शुक्रबार ३ बजे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त नेपाल शिक्षक महासंघका नेतासँग वार्ता गर्न मन्त्रालयमा कुरेर बसेका थिए । तर शिक्षकहरु मन्त्रालयम नपुगी फर्किएपछि वार्ता हुन सकेन ।

मन्त्रालयले के कारणले वार्ता नभएको भन्ने नखुलाए पनि भोलि निर्णायक वार्ता हुने जनाएको छ ।

यता नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले भने विशेष कारणवश आज आफूहरू मन्त्रालय प्रवेश नगरी फर्किएको बताए ।