नागढुंगा सुरुङमा ओलीको नाम लेखिएको शिलान्यास खोजेर राख्छौंः मन्त्री लम्साल

नागढुंगा सुरुङमा ओलीको नाम लेखिएको शिलान्यास खोजेर राख्छौंः मन्त्री लम्साल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री सुनिल लम्सालले नागढुङ्गा सुरुङमार्ग शिलान्यासका क्रममा राखिएको पूर्वप्रधानमन्त्री केपी ओलीको नाम लेखिएको शिलालेख पुनर्स्थापना गर्ने गरिने बताएका छन् ।

सोमबार सुरुङमार्ग उदघाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त शिलान्यास पुनस्र्थापना गरिने बताएका हुन् । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री रहेका बेला ४ कात्तिक २०७६ मा सुरुङमार्गको शिलान्यास गरेका थिए ।


तर, केही समयअघि ओलीको नाम लेखिएको शिलालेख हराएको थियो । कतिपयले इतिहासमाथि प्रतिशोध साँधेको भन्दै उक्त विषयलाई लिएर सरकारको आलोचना गरेका थिए ।


मन्त्री लम्सालले नेपाल अब विधिवत सुरुङ युगमा प्रवेश गरेको बताए ।

नागढुंगा सुरुङ निर्माणबाट धेरै अनुभव हासिल भएको भन्दै उनले देशैभर यस्ता सुरुङ बन्ने उल्लेख गरे ।