शिल्पा र राजको संयुक्त बैंक खाता भेटियो


एजेन्सी – प्रहरीले अभिनेत्री शिल्पा सेठ्ठी र पक्राउ परेका व्यापारी राज कुन्द्राको संयुक्त बैंक खाता फेला पारेको छ । मुम्बई क्राइम ब्रान्चले पञ्जाब नेशनल बैंक (पीएनबी) मा उनीहरुको संयुक्त बैंक खाता फेला पारेको हो । यो बैंक खाताले अभिनेत्री शिल्पा शेठ्ठी पनि समस्यामा पर्ने देखिएको छ ।

उक्त खातामा लेनदेनको सम्बन्ध कुन तहसम्म थियो भन्ने विषयमा प्रहरीले अहिले अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले यो खातामा पोर्न फिल्मको पनि पैसा जम्मा हुने गरेको दाबी गरेको छ ।

प्रहरीले ह्वाट्स एप र बलीफेम एपबाट कमाईको कालो धनलाई यसै खातामा जम्मा गरिएको हुनसक्ने दाबी गरेको छ । त्यहीकारण ब्राञ्चको चार सदस्यीय टिम यो खातामा भएको लेनदेनलाई सुक्ष्म रुपले अध्ययन गरिरहेको छ ।

पीएनबीको यो संयुक्त खाताका अलावा कुन्द्राको एक अलग खाता पनि छ । तर सन् २०१६ देखि यो खातामा कारोबार भएको छैन । प्रहरीले जुलाई २३ मा राजको कुन्द्रा अँधेरीस्थित विआन इन्डस्ट्रीको भवनमा फेला पारेको सेक्रेट लकरबाट पीएनबीमा राज र शिल्पाको संयुक्त खाताको दस्तावेज र कैयौं पोर्न फिल्मको स्क्रिप्ट फेला पारेको थियो । जसको आधारमा प्रहरीले जाँच तिब्र पारेको छ ।

प्लान बी रेडि

आज तकका अनुसार जब प्रहरीले राज कुन्द्रालाई पक्राउ गर्‍यो उनीसँग पहिले नै ‘प्लान बी’ रहेको खुलासा भएको छ । मुम्बई क्राइम ब्रान्चले राज कुन्द्रालाई उनकै अन्धेरीस्थित अफिसबाट १२० एडल्ट फिल्मसहित पक्राउ गरेको थियो ।

तर राज कुन्द्रा यदि प्रहरीले पक्राउ गरेमा के गर्ने भन्ने ‘प्लान बी’सहित तयार रहेका बताइएको छ । उनले अर्को पनि एप पोर्न फिल्म अपलोड गर्न तयार राखेका खुलेको छ ।

राज कुन्द्राले नयाँ एप तयार पनि पारेका र त्यसको लागि कन्टेन्ट पनि तयार रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement