प्रहरीकै अगाडि शिल्पासँग छवीले मागे माफी


काठमाडौं – निर्देशक छवी ओझा र नायिका शिल्पा पाखरेलबीचको विवाद टुंगिएको छ ।

केही दिन अगाडि नायिका शिल्पाले श्रीमान छवीले आफूमाथि हिंसा गरेको भन्दै काठमाडौं प्रहरी परिसर, टेकुमा उजुरी दिएकी थिइन् ।

आज काडमाडौं प्रहरी परिसर टेकुमा भएको दुवै पक्षको छलफलपछि ओझा र पोखरेलबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

ओझाले श्रीमतीमाथि कुनैपनि दुव्र्यवहार नगर्ने सहमतिपत्रमा उल्लेख छ । साथै ओझाले शिल्पाको सुरक्षामा आँच नपुर्याउने भन्दै उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । ओझाले शिल्पासँग माफी पनि मागेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement