छवि ओझा विरूद्ध शिल्पाले दिइन् घरेलु हिंसाको उजुरी


काठमाडौं – अभिनेत्री शिल्पा पोखरेलले निर्माता तथा पति छविराज ओझा विरूद्ध घरेलु हिंसाको उजुरी दिएकी छन् । शिल्पाले काठमाडौं प्रहरी परिसरमा घरेलु हिंसा गरेको उजुरी दिएकी हुन् ।

उजुरी परेपछि छलफलका लागि उनीहरू दुबैलाई आज बुधबार दिउँसो परिसर बोलाएको प्रहरीले जनाएको छ ।

अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि निर्माता ओझाले अभिनेत्री पोखरेलसँग करिब २०७३ सालको दशैंमा सुटुक्क विवाह गरेका थिए ।

विवाह गरे पनि उनीहरूले सो विवाहलाई तत्कालै गरेको भनेर सार्वजनिक गरेका थिएनन् । गत वर्षमात्र उनीहरूले आफूहरूले बिबाह गरेको सार्वजनिक रूपमा स्वीकार गरेका थिए ।

उनीहरू निकट श्रोतका अनुसार विगत केहि समययता दुबैको वैवाहिक जीवनमा खटपट रहँदै आएको छ । श्रोतका अनुसार शिल्पाले छविसँग डिभोर्स मागेकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement