शिल्पा र छविलाई समात्न पक्राउ पूर्जी जारी


काठमाडौं – चलचित्र निर्माता छविराज ओझा र उनकी पछिल्लो श्रीमति नायिका शिल्पा पोखरेलविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।

निर्माता ओझाले नायिका पोखरेलसँग चौथोे विवाह गरेपछि निर्देशक ओझाकी जेठी श्रीमति हेमाले बहुविवाह मुद्दामा उजुरी दिएकी थिइन् ।

बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएपछि उनीहरुको खोजी सुरु गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement