शिल्पा र छवि प्रकरण : विवाहमा सामेल हुने सबैविरुद्ध उजुरी


काठमाडौं – चलचित्र क्षेत्रका निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको झगडाले यतिबेला विकराल रुप लिएको छ ।

शिल्पाले डिभोर्ससमेत फाइल गरिसकेकी छिन् । तर, छविकी जेठी श्रीमती हेमा ओझाले छवि र शिल्पालाई बहुविवाहको मुद्दा हालेकी छन् । अब, यो मुद्दामा शिल्पाले भाइटीका लगाएका दाइ विकास रौनियार र उनकी पत्नी सम्झना उप्रेती रौनियार विरुद्ध पनि उजुरी परेको छ ।

हेमाको मुद्दा हेरिरहेको युनाइटेड नेपाल लिगल सर्भिसेजले निर्देशक विकास र सम्झनासँगै काठमाडौं महानगरपालिका–८ का वडा अध्यक्ष समेतको विरुद्धमा अक्तियारमा उजुरी दिएको हो । उनीहरूमाथि बहुविवाह गराएको आरोप लगाइएको छ ।

छवी र शिल्पाको विवाहका साक्षी बसेका सम्झना र विकाससँगै बुहुविवाह दर्ता गरेका वडा अध्यक्ष सहित उक्त विवाह दर्ता प्रक्रियामा सामेल भएका सम्पूर्ण कर्मचारी विरुद्ध अक्तियारमा उजुरी परेको हो । उनीहरु दोषी ठहर भएमा बहुविवाहको मुद्धामा दोषी ठहर भएकाहरुलाई तोकिएको सजायको आधा सजाय साक्षी बस्नेहरुले समेत भोग्नु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement