शिल्पा शेट्टीका पति राज कुन्द्रा धरौटीमा रिहा


एजेन्सी – बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा धरौटीमा रिहा भएका छन् । पोनोग्राफी प्रकरणमा पक्राउ परेका व्यवसायी कुन्द्रालाई सोमबार साँझ मुम्बई अदालतले ५० हजार धरौटीमा रिहा गरेको हो ।

अदालतले कुन्द्रासँगै उनका सूचना प्रविधि (आइटी) प्रमुख रियान थोर्पेलाई पनि रिहा गरेको छ । कुन्द्रा र उनका आइटी प्रमुख थोर्पे गत जुलाई १९ मा पक्राउ परेका थिए ।

प्रहरीले जुलाई २३ मा राज कुन्द्राको अँधेरीस्थित विआन इन्डस्ट्रीको भवनमा कैयौं पोर्न फिल्मको स्क्रिप्ट फेला पारेको थियो । मुम्बई क्राइम ब्रान्चले राज कुन्द्रालाई उनकै अन्धेरीस्थित अफिसबाट १२० एडल्ट फिल्मसहित पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement