शिल्पा सेठ्ठीमाथि अनुसन्धान गर्दै प्रहरी


एजेन्सी – मुम्बई प्रहरीले अभिनेत्री शिल्पा सेठ्ठीमाथि पनि अनुसन्धान सुरु गरेको छ । प्रहरीले शुक्रबार शिल्पासँग ६ घन्टा सोधपुछ गर्नुका साथै राज र शिल्पाको घर खान–तलासी गरेको थियो ।

प्रहरीले पूरा मुद्दामा शिल्पाको संलग्नता छ कि छैन भनेर जाँच गरिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । पोर्न फिल्म एप्समार्फत बाँडेको अभियोगमा शिल्पाका पति राज कुन्द्रालाई ५ दिन अघि प्रहरीले पक्राउ गरको थियो ।

प्रहरीले अनुसन्धानका लागि भन्दै मंगलबारसम्म उनलाई हिरासतमा लिने अनुमति लिएको छ । यही समयमा शिल्पाले राज कुन्द्राको अफिसबाट राजीनामा दिएको पाएपछि प्रहरीको ध्यान शिल्पातर्फ केन्द्रित भएको हो । शिल्पा राजले चलाउँदै आएको भिआन इन्डस्ट्रिजको निर्देशक थिइन् ।

प्रहरीले शिल्पाको बैंक अकाउन्टको पनि अनुसन्धान गरिरहेको जनाएको छ । निर्देशक भएको नाता उनले कति लाभ लिएकी छिन् ? प्रहरीले यो विषयमा पनि अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement