काठमाण्डु – नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियाले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाले बिहीबार परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा नेपाल–संयुक्त राष्ट्रसंघबिचको सहकार्यलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धिसम्बन्धी विषयमा छलफल भएको थियो ।




प्रतिक्रिया