परराष्ट्रमन्त्री खनालको जवाफ : विदेशमा अलपत्र नेपालीको उद्धारका लागि कार्यविधि तयार भइसक्यो

परराष्ट्रमन्त्री खनालको जवाफ : विदेशमा अलपत्र नेपालीको उद्धारका लागि कार्यविधि तयार भइसक्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, राहत तथा घरफिर्तीका लागि सरकारले कार्यविधि तयार गरेको जानकारी दिएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै मन्त्री खनालले परराष्ट्र मन्त्रालयले तयार गरेको ‘विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, राहत तथा घरफिर्तीका लागि विनियोजित बजेट सञ्चालन गर्ने कार्यविधि, २०८३’ स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको बताए ।

मन्त्रालयले गत साउन २९ गते कार्यविधि अर्थ मन्त्रालयमा पठाएको र अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि कार्यविधि कार्यान्वयनमा ल्याइने मन्त्री खनालले बताए ।

सरकारले चालू आर्थिक वर्षमा विदेशमा अलपत्र नेपालीको उद्धार, राहत तथा घरफिर्तीका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

रास्वपाकी सांसद आशिका तामाङले धादिङको धुनिवेशी नगरपालिका–जुगाडीका सन्तोष राईको कम्बोडियामा उपचारका क्रममा मृत्यु भएपछि शव नेपाल ल्याउन ढिलाइ भएको भन्दै संसद्मा असन्तुष्टि जनाएकी थिइन् । त्यसपछि मन्त्री खनालले संसद्मा उपस्थित भएर जवाफ दिएका हुन् ।