काठमाण्डु – संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र आइसल्यान्डका परराष्ट्रमन्त्री पोर्गदर क्याट्रिन गुनार्सदोतिरबिच भेटवार्ता भएको छ ।
मन्त्री खनालको निजी सचिवालयका अनुसार दुवै मन्त्रीले जलवायुजन्य विपद् तथा जोखिम न्युनीकरणमा साझेदारीलगायत विषयमा छलफल गरेका हुन् ।
भोटेकोशी बाढी तथा त्यसपछिका पुन:स्थापना, पुनर्मिलन तथा पुनर्निर्माणका लागि सरकारका सबै तह तथा समाजका सबै पक्षको समन्वित प्रयास आवश्यक रहेकोमा जोड दिइएको छ ।
जलवायु परिवर्तनका बढ्दो जोखिम, क्षमता अभाव तथा स्रोतसाधनको सीमिततालाई सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता र अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्नुपर्नेमा पनि दुवै मन्त्रीहरूले जोड दिएका छन् ।




प्रतिक्रिया