काठमाण्डु – परराष्ट्र मन्त्री शिशिर खनालले बुधबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिद्वारा आयोजित मन्त्रालयको नीति तथा कार्यक्रम सम्बन्धी छलफलमा भाग लिएका छन् ।
छलफलमा नेपालको परराष्ट्र नीतिका प्रमुख प्राथमिकताहरू, राष्ट्रिय हितको प्रवर्द्धन तथा विदेशमा रहेका नेपाली नागरिकहरूको कल्याणका विषयमा केन्द्रित रहेर संवाद भएको थियो ।
कार्यक्रमका क्रममा उठेका जिज्ञासा तथा सुझावहरूको सम्बोधन गर्दै मन्त्री खनालले राष्ट्रिय हितद्वारा निर्देशित सैद्धान्तिक परराष्ट्र नीतिप्रति सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले नेपालको कूटनीतिक संलग्नता र सेवा प्रवाहलाई अझ सुदृढ एवं प्रभावकारी बनाउँदै लैजाने सरकारी प्रतिबद्धता समेत दोहोर्याएका छन् ।




प्रतिक्रिया