काठमाण्डु- चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले इन्स्टिच्युट अफ टिबेटियन प्लाटो रिसर्च, चाइनिज एकेडेमी अफ साइन्सको अवलोकन गरेका छन्।
मन्त्री खनालले सोमबार बिहान सो अनुसन्धान संस्थानको स्थलगत अवलोकन गरेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ। अवलोकनका क्रममा उनले दुई देश बीचमा अझ गहन सहकार्यको आवश्यकता रहेकामा जोड दिएका थिए।
उनी चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङ यीको निमन्त्रणामा आइतबार बिहान बेइजिङ पुगेका हुन्।




प्रतिक्रिया