सन्दर्भ राष्ट्रिय एकता दिवस : प्रमुख दलका शीर्ष नेताहरू राष्ट्रपति कार्यालय शितलनिवासमा


काठमाण्डु – पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरू राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् ।

शितल निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ ।

पृथ्वीनारायण नारायण शाहको ३०२औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर राष्ट्रपतिले सत्तारुढ र विपक्षी नेतालाई शितलनिवास बोलाएर भेटवार्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement